यस्तो छ आजको सुनको मूल्य

धनकुटा एफ. एम.
२८ असार २०८१, बुधबार

काठमाडौँ । आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।

सोमबार भने सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।यस्तै चाँदीको मूल्य भने सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तोलामा १ हजार ८७० रुपैयाँमा कारोबार भएको हो ।