आज सामान्य घट्यो सुनचाँदीको मूल्य

धनकुटा एफ. एम.
१२ साउन २०८१, शुक्रवार

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलमा ३ सयले घटेको हो ।शुक्रबार सुन तोलामा ३ सयले घटेर एक लाख ४४ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४४ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।