घट्यो सुनको मूल्य
काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनकोे मूलय आज ६ सय रुपैयाँ घटेर प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ मा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ थियो । सुनसँगै चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८२० रुपैयाँ रहेको चाँदी आज १७९५ रुपैयाँमा झरेको छ ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस