फिल्म रावायण आजबाट देश दौडाहामा
काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म रावायण आजबाट देश दौडाहामा निस्किएको छ । फिल्म रिलिजपछि काठमाडौं उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेको फिल्म टिमले मंगलबारबाट मोफसलका दर्शकको प्रतिक्रिया लिन लागेको हो ।फिल्मका प्रमुख कलाकार पल शाह, पुजा शर्मा, प्रकाश शाहलगायतको टिमले आज नेपालगञ्जबाट मोफसलका दर्शकको प्रतिक्रिया लिने काम सुरु गर्नेछन् । निर्माण पक्षका अनुसार फिल्मको टिमले नेपालगन्जमा रहेको दुई सिनेमाघरमा दर्शक संगै बसेर फिल्म हेर्दै दर्शकसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । फिल्मको टिमले नेपालगञ्जपछि भोलि बुधबार दाङ र पर्सी बिहीबार धनगढीमा दर्शकको प्रतिक्रिया लिनेछ ।
केन्द्रिय चलचित्र जाँच समिति ९सेन्सर बोर्ड०बाट सुरुमा ‘एडल्ट’ सर्टिफिकेट पाएको फिल्मले पुनः सेन्सर गरेपछि पीजि सर्टिफिकेट पाएको थियो ।सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा निर्माण भएको फिल्मकी निर्माता पुजा शर्मा हुन् ।
फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् । सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस