सुनको मूल्य घट्यो

धनकुटा एफ. एम.
१३ कार्तिक २०८१, सोमबार

काठमाडौं – नेपाली बजारमा ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य आज सामान्य घटेको छ। अघिल्लो कारोबार दिन आइतबार प्रतितोला सुन १ लाख ७६ हजार ४०० रुपैयाँमा पुगेको आज ४ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ४ सय रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार कायम भएको हो।यसदिन चाँदीको मूल्य पनि घटेको छ। २० रुपैयाँले घटेर चाँदी प्रतितोला २ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला २ हजार ८५ रुपैयाँमा खरिदबिक्री भएको थियो।