यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आज ९मंगलबार०का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, बहराइन र कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको विनियमदर भने बढेको छ। आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा छ।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा थियो। आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २१ र बिक्रीदर एक सय ७४ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ।
हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ र बिक्रीदर एक सय ७४ रुपैयाँ ७८ पैसा थियो।आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६१ पैसा कायम भएको छ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस