सुनको मूल्यमा भारी गिरावट, तोलामा चार हजारले घट्यो

धनकुटा एफ. एम.
२३ कार्तिक २०८१, बिहिवार

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामै ४ हजार रुपैयाँले घटेको छ । छापावाल सुनको मूल्य प्रति तोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बुधवार छापावाला सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो कारोबार दिन बिहीबार चाँदी २ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।