सुनचाँदीको मूल्य घट्यो

धनकुटा एफ. एम.
४ पुष २०८१, बुधबार

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ।

मंगलबार एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।