जापानमा ‘आहुतिसँग अन्तरसम्वाद’ कार्यक्रम हुने
जापान । ग्लोबल फोरम जापानको आयोजनामा भोली जापानमा ‘आहुतिसँग अन्तरसम्वाद’ कार्यक्रम हुने भएको छ ।
जातीय भेदभावको अन्त्य समानताको उदय’ भन्ने नाराका साथ जातीय भेदभाव तथा जातीय उन्मुलन दिवसको अवसरमा भोली आइतबार जापानको टोकियोमा शुभकामना आदान प्रदान तथा ‘आहुतिसँग अन्तरसम्वाद’ कार्यक्रम हुन लागेको हो । सो कार्यक्रममा भाग लिन विश्वभक्त दुलाल आहुती जापान पुगिसक्नु भएको छ ।
ग्लोबल फोरम जापानका उपाध्यक्ष मन्जुल मितेरीका अनुसार सो कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्तिथी रहने र सांस्कृतिक प्रस्तुतीहरु रहने छन् ।
आहुती दलित आन्दोलनमा बौद्धिक नेताको रुपमा चिनिनुहुन्छ । उहाँ बैज्ञानिक समाजवादी पार्टीको महासचिव समेत हुनुहुन्छ ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस