धर्मगुरु दावी गर्ने पुष्कर खतिवडा पक्राउ

धनकुटा एफ. एम.
१५ साउन २०८१, सोमबार

काठमाडौं । आफुलाई धर्मगुरु दावी गर्ने पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले मण्डिखाटार बाट उनलाई पक्राउ गरेको हो । मण्डिखाटारस्थित यज्ञको तयारी गरिरहेका खतिवडालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले आयोजना गरेको यज्ञ ‘राम्रा उद्देश्यका लागि नगरेको’ आरोपमा पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । उनी धार्मिक भेषमा हिँडेर बोलर चर्चामा आइरहन्छन् । झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमाा यज्ञको आयोजना गरेका हुन् ।