एमाले सांसदको फोटो सहितको स्ट्याटस किन हटाए बालेनले ?
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुक पेजबाट नेकपा ९एमाले० लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस हटाएका छन्। शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै आइतबार राखेको स्ट्याटस बालेनले आज हटाएका हुन् ।उनले स्ट्याटसमा लेखेका थिए ‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ।
काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ।
सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला। कहिले समाउनेरु कि नसमाउनेरु,यस प्रकरणमा अदालतले मुद्दा चलाउन आदेश दिइसक्दा पनि शर्मा पक्राउ नपरेको भन्दै मेयर शाहले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नै आक्रोश पोखेका थिए ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस