सर्चलाइटको चौविसौँ वार्षिक उत्सव सम्पन्न
साहसी खबर
१ चैत्र, २०८१
मोरङको कानेपोखरी ६ विहिबारेमा रहेको सर्चलाइट इंगलीस स्कुलले चौविसौ वर्षको वार्षिक कार्यक्रम समापन गरेको छ । फागुन २९ गते विद्यालयले विद्यार्थीहरुको अन्तनीहित प्रतिभा प्रश्तुति शीर्षकमा अभिभावक र अतिथिहरु माझ विभिन्न विधामा कार्यक्रम सन्चालन गरेको थियो ।
फूलमा पानी हालेर उदघाटन गरी ६ नम्बर वडा अध्यक्ष खडग वहादुर वस्नेतको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा विद्यार्थीहरुको सहभागिता र मेहतबाट तयार गरिएका विभिन्न खाद्य स्टलहरुमा नेपाली स्थानीय खानाका परिकारहरु, लोपोन्मुख सामाग्रीहरु ढिकी,जाँतो ओखल आदिको नमूना प्रदर्शनी, सौर्य मण्डलको प्रतीक चिन्ह, पानी शुद्धिकरण विधि लगायतका विज्ञान र अनुसन्धानका विषयहरुमा विद्यार्थीहरुले जानकारी गराएका थिए ।
वडा सदस्यहरु दुर्गा नेपाली,राजकुमार लिम्बुका साथमा स्थानीय विद्यालयका शिक्षक र अभिभावकहरुले उक्त प्रदर्शनीको अवलोकन गरी प्रशंसा गरेका थिए ।
विद्यालयका निर्देशक महेन्द्र वोहोराका अध्यक्षतामा सहायक प्रिन्सिपल कूलदीप दाहालले सन्चालन गरेको कार्यक्रममा प्रिन्सिपल भीमा राइले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुका विभिन्न नृत्य,गायन र नाटक समेत प्रदर्शन गरिएको थियो जसमा अभिभावकलाई समेत सहभागी गराइ मनोरन्जनात्मक खेल खेलाइएको थियो । ।
युद्धकालको चरम अवस्थामा स्थापित सर्चलाइटले विभिन्न अवरोध र जटिलताको सामना गर्दै विहिबारे आसपासका विद्यार्थीहरुलाई प्रारम्भिक शिक्षा र सीप प्रदान गर्नमा महत्वपूर्ण योगदान दिएको अतिथिहरुले शुभकामना मन्तव्यमा उल्लेख गरेका थिए । सर्चलाईटले हाल कक्षा सातसम्म अध्यापन गराउँदै आएको छ । निर्देशक महेन्द्र बोहोराका अनुसार अभिभावकको अपेक्षा अनुसार यस विद्यालयबाट अन्यत्र गएका विद्यार्थीहरुले शैक्षिक प्रगतिका साथ विभिन्न प्रतिश्पर्धामा आफूलाई चिनाउन सफल रहेका छन ।


प्रतिक्रिया दिनुहोस