चियाँससँग कविताको ५१ औं श्रृंखला सम्पन्न
धनकुटा । रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविता कार्यक्रमको ५१ औं श्रृङ्खला धनकुटामा सम्पन्न भएको छ ।
रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविताको ५१ औं श्रृङखलामा स्थापित सर्जकहरुले सिर्जना वाचन गर्नुभएको छ ।
सो कार्यक्रममा घनश्याम बराल औलाली, मुकुन्द प्रयास, गोपाल बराइली, रेखा क्षेत्री, चन्द्रकला धमला, पवित्रा कट्वाल, तिलकप्रसाद राई, निर्मला न्यौपाने लगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो भने ललित विश्वकर्माले गीत प्रस्तुत गर्नुभएको थियो ।
सर्जक पवित्रा कटवालको सभापतित्वमा भएको चियासँग कविताको ५१ औं श्रृङ्खलामा नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष सन्जय सन्तोषी राई, अग्रज पत्रकार तिलक प्रसाद राई लगायतले चियासँग कविताले धनकुटाका सर्जकहरुलाई आफ्ना क्षमता देखाउने मञ्च प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा धनकुटामा रहेर विभिन्न विधामा कलम चलाउदै आएका नयाँ र पुराना कवि तथा गजलकारहरुले समेत रचना वाचन गर्ने गरेका कारण धनकुटाको साहित्यी बिकासमा इट्टा थप्ने काम भइरहेको चियासँग कविता कार्यक्रममा संयोजक गोपाल बराइलीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस