खगेन्द्र अनुपमको ‘मैले बाच्नलाई’ गीतको म्युजिक भिडियोको धनकुटामा लोकार्पण (भिडियोसहित)
धनकुटा । कुनै पनि गित राजधानी काठमाडौंमा मात्रै लोकार्पाण गर्नुपर्छ भन्ने मान्यता थियो । तर पछिल्लो समयमा धनकुटामा धमाधम गीतका म्युजिक भिडियो सार्वजनिक भइरहेका छन् ।
साहित्यीक कार्यक्रम पनि उत्तिकै भइरहेका छन् । यसै क्रममा खगेन्द्र अनुपम तामाङको गित मैले बाच्नलाई बोलको गितको म्युजिक भिडियो लोकार्पण कार्यक्रम आज धनकुटामा सम्पन्न भएको छ ।
आज धनकुटामा आयोजित कार्यक्रममा दृष्टिविहीन अनुपमको शब्द र संगीत रहेको मैले बाच्नलाई बोलको गितको म्युजिक भिडियो लोकार्पण गरिएको हो ।
मकर योन्जनको स्वर रहेको मैले बाच्नलाई गीतको म्युजिक भिडियोलाई बिबि लामाले निर्देशन गर्नुभएको छ भने छायाङ्कन तथा सम्पादन योगेश नेवारले गर्नुभएको छ ।
मुकुन्द प्रयासको मुख्य भुमिका रहेको मैले बाँच्नलाई गीतको म्युजिक भिडियोमा गीतकार तथा संगीतकार खगेन्द्र अनुपमसहित विदुर पौडेल र रुबिना छाराहाङ राईको समेत अभिनय रहेको छ ।
सो गीतको म्युजिक भिडियोको लोकार्पण कार्यक्रम सामुदायीक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष नीलबहादुर थापाको सभापतित्वमा भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि धनकुटाका पुराना कलाकार चन्द्र श्रेष्ठ हुनुहुन्थ्यो ।
सो गीतको म्युजिक भिडियोको लोकार्पण कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, गर्गाचार्य विश्वभाषा सामुदायीक पुस्तकालयका अध्यक्ष घनश्याम बराल औलाली, प्रगतिशील लेखक संघ धनकुटाका अध्यक्ष ध्रुव एलेक्स लगायतले शुभकामना दिनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस