धनकुटा चियासँग कविताको ४० औं श्रृङ्खला सम्पन्न
धनकुटा । पछिल्लो समयमा प्रत्ये शुक्रबार हुँदै आएको चियासँग कविताप्रति सबैको चासो र मोह पनि बढ्दै गएको छ ।
रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविता कार्यक्रममा धनकुटामा रहेका साहित्यप्रेमीहरुको बाक्लो जमघट हुँदै आएको छ । साथै नयाँ र पुराना सर्जकहरुले एकै ठाउँमा भेला भएर आफ्ना सिर्जनाहरु प्रस्तुत गर्दै आइरहेका छन् । सोही क्रममा धनकुटामा भएको चियासँग कविताको ४० औं श्रृङ्खलामा धनकुटामा स्थापित सर्जकहरुले सिर्जना बाचन गर्नुभएको थियो ।
सो कार्यक्रममा गोपाल बराइली, भीम राई, घनश्याम बराल औलाली, तिलक प्रसाद राई, निर्मला कुँवर, दृष्टि श्रेष्ठ, विनोद सुवेदी, कृष्ण प्रसाद लुइँटेल लगायतले लगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष सन्जय सन्तोषी राईको सभापतित्वमा भएको कार्यक्रममा नागरिक समाज धनकुटाका अध्यक्ष तथा राष्टिय अभिभावक संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठ लगायतले चियासँग कविता कार्यक्रमले धनकुटाको साहित्यमा टेवा पु¥याउँदै गएकाले यसको निरन्तता हुनुपर्नेमा जोड दिनुभयो ।
धनकुटामा २०८१ साल फागुन २ गतेदेखि हरेक शुक्रबार चियासँग कविता हुँदै आएको छ । कार्यक्रममा धनकुटामा रहेर विभिन्न विधामा कलम चलाउदै आएका नयाँ र पुराना कवि तथा गजलकारहरुले समेत रचना वाचन गर्ने गरेका कारण धनकुटाको साहित्यी बिकासमा इट्टा थप्ने काम भइरहेको चियासँग कविता कार्यक्रममा संयोजक गोपाल बराइलीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस