चियासँग कविता कार्यक्रमको पन्ध्रौं श्रृंखला धनकुटामा सम्पन्न, नयाँ र पुराना पुस्ताका सर्जकलाई जोड्दै

धनकुटा FM
१० जेठ २०८२, शुक्रवार

धनकुटा । चियाँसँग कविता कार्यक्रममा नयाँ र पुराना सर्जकहरुको आकर्षण बढ्दै गएको छ । आज धनकुटामा आयोजित चियाँसँग कविता कार्यक्रमको पन्ध्रौ श्रृंखला धनकुटामा एक दर्जन नयाँ र पुराना सर्जकहरुले आफ्ना सिर्जनाहरु पस्किएका छन् ।

धनकुटाकै पहिलो सामुदायीक रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविताको चौधौं श्रृंखलामा धनकुटाका नयाँ र पुराना सर्जकहरुले आ–आफ्ना श्रृंजनाहरु सुनाएका छन् । सर्जकहरुले आफ्नो सिर्जनामार्फत समाज परिवर्तनसँगै पछिल्लो राजनीतिक घटना क्रमका बारेमा समेत टिप्पणी गरेका छन् । साथै सर्जकहरुले माया प्रेमका सिर्जना सुनाएका थिए ।

चियासँग कविता कार्यक्रमको चौधौं श्रृंखलामा सर्जकहरु रमेशचन्द्र अधिकारी, भीम राई, बद्रीनाथ अधिकारी, डिल्लीराम फुँयाल, गोपाल बराइली, जेपी भुजेल, नेहा राई, रेखा क्षेत्री, शन्देश विहानी लगायतका पुराना सर्जकहरुले आफ्ना सिर्जनाहरु पस्किएका थिए । सो कार्यक्रममा ललित विश्वकर्माले गीत प्रस्तुत गरेर चियासँग कविता कार्यक्रमलाई संगीतमय बनाउनु भएको थियो ।

चियासँग कविता कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका प्राध्यापक डा. यज्ञप्रसाद गुरागाईले चियासँग कवितालाई स्थायित्व जरुरी रहेको बताउनु भयो । उहाँले साहित्यको विकासमा चियासँग कविताले एउटा इट्टा थपेको बताउँदै धनकुटामा रहेका सर्जकहरुले आफ्ना सिर्जनामाफृत वास्तविक भोगाईहरु प्रस्तुत गरेको बताउनु भयो ।

यही फागुन २ गतेदेखि धनकुटामा निरन्तर साप्ताहिक रुपमा चियाँसँग कविता भइरहेको छ । धनकुटाको साहित्यीक विकासका लागि भन्दै शुरु गरिएको चियासँग कविता कार्यक्रमलाई नयाँ र पुराना पुस्ताका सर्जकहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको चियासँग कविता कार्यक्रमका सञ्चालक गोपाल बराइलीले बताउनु भयो ।