चियासँग कविताको उन्नाइसौं श्रृंखलामा धनकुटामा सम्पन्न, २ दर्नन सर्जकले गरे प्रस्तुती
धनकुटा । गत फागुन २ गतेदेखि धनकुटामा शुरु भएको चियासँग कविताले युवा र विद्यार्थीको मन छुन थालेको छ । पछिल्लो समयमा चियाँसँग कविता कार्यक्रमको चर्चा र परिचर्चा पनि उत्तिकै भइरहेको छ ।
साथै नयाँ र पुराना सर्जकहरुको आकर्षण पनि उत्तिकै बढ्दै गइरहेको छ । सँगसँगै विद्यार्थी र अन्य क्षेत्रका व्यक्तित्वहरुको समेत सहभागीता बढ्दै गएको छ ।
सोही क्रममा धनकुटाकै पहिलो सामुदायीक रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविताको उन्नाइसौं श्रृंखलामा धनकुटामा सम्पन्न भएको छ । सो उन्नाइसौं श्रृंखलामा दुई दर्जन नयाँ र पुराना सर्जकहरुले आ–आफ्ना श्रृंजनाहरु सुनाएका छन् । सर्जकहरुले आफ्नो सिर्जनामार्फत समाज परिवर्तनसँगै पछिल्लो राजनीतिक घटना क्रमका बारेमा समेत टिप्पणी गरेका छन् । साथै सर्जकहरुले माया प्रेमका सिर्जना सुनाएका थिए ।
आज भएको चियासँग कविता कार्यक्रमको उन्नाइसौं श्रृंखलामा सर्जकहरु घनश्याम बराल, मुकुन्द प्रयास, गोपाल बराइली, सन्जय सन्तोषी राई, विदुर खवास, भीम राई, नेहा राई, रेखा क्षेत्री, केदारकाजी भट्टराई, विकास कार्की लगायतले आफ्ना सिर्जना प्रस्तुत गर्दाै १० वर्षीय रिजन लिम्बुसँगै गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थीहरु दृष्टी श्रेष्ठ, युसाहाङ राई, गणेश बस्नेत लगायतले आफ्ना सिर्जनाहरु पस्किनुभएको थियो । साथै चन्द्रकला धमलाले गीत प्रस्तुत गर्नुभएको थियो ।
चियासँग कविता कार्यक्रमको उन्नाइसौं श्रृंखलामा जिल्ला समन्वयसमिति धनकुटाका प्रमुख निरेन तामाङले चियाँसँगक कविताले धनकुटाको साहित्यमा इट्टा थपिरहेको बताउनु भयो । उहाँले धनकुटा साहित्यको खानी भएकाले अझ यसलाई लिपिवद्ध गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले चियासँग कविता एकदमै राम्रो प्रयास भएकाले यसको निरन्तरता जरुरी रहेको बताउनु भयो ।
सो कार्यक्रमको १९ औं श्रृंखलामा मा सहिद सरोकार समाजका अध्यक्ष तिलक प्र राई, सिंहदेव डेरी उद्योग हिलेका सञ्चालक राजु घिमिरे लगायते चियासँग कविताको बारेका बोल्नुभएको थियो ।
फागुन २ गतेदेखि धनकुटामा निरन्तर साप्ताहिक रुपमा चियाँसँग कविता भइरहेको छ । चियासँग कविता कार्यक्रमलाई नयाँ र पुराना पुस्ताका सर्जकहरुलाई एकै ठाउँमा ल्याउने प्रयास स्वरुप चियासँग कविता शुरु गरिएको कार्यक्रमका सञ्चालक गोपाल बराइलीले बताउनु भयो । धनकुटाको साहित्यीक विकासका लागि भन्दै शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस