धनकुटामा भलिवल उत्सवसँगै साहित्य उत्सव, खेलसँगै साहित्यमय बन्यो टुढिँखेल
धनकुटामा पछिल्लो केही महिनायता साहित्यीक गतिविधि तीव्र बन्दै गएको छ । प्रत्येक शुक्रबार चियाँसँग कविता हुँदै आएको छ । त्यसको अलावा आज धनकुटा टुढिखेलमा भलिवल उत्सवमा साहित्य कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला भलिवल संघले आयोजना गरेका १५ दिने भलिवल उत्सवका अवसरमा रेडियो धनकुटा एफएमको संयोजनमा भलिव उत्सवमा साहित्य कार्यक्रम सम्पन्न भएको हो ।
सो उत्सवमा साहित्यकारहरु रमेशचन्द्र अधिकारी, भरत थापा, निर्मला कुँबर, सन्देश सुब्बा, गीता अधिकारी, बद्रीनाथ अधिकारी, गोपाल बराइली, रुद्र गुर्वाछान मगर लगायतले आफ्ना सिर्जना प्रस्तुत गरेर भलिवल उत्सवलाई साहित्यमय बनाउनुभएको थियो ।
सो उत्सवमा धनकुटाका सुरक्षा निकायका प्रमुखहरु, स्थानीय पत्रकारहरु, साहित्यकर्मीका साथै बुद्धिजिवीहरुको सहभागीता रहेको थियो । सो कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले साहित्यमा नयाँ प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण भलिवल उत्सवमा साहित्यले देखाएको बताउनु भयो ।
उहाँले साहित्य र भलिवल खेलको विधा फरक भए पनि खेललाई साहित्यले प्रभाव पार्ने बताउनु भयो । सो कार्यक्रममा धनकुटाका चर्चित गायक गौरव नारायण राईले गीतमार्फत भलिवल उत्सवमा साहित्य कार्यक्रमलाई संगीतमय बनाउनु भएको थियो ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, उपाध्यक्ष रविन कट्टेल, सो कार्यक्रममा जिल्ला प्रहरी कार्याय धनकुटाका एसपी श्यामसिंह चौधरी, भीमदल गण सल्लेरी ब्यारेकका कर्नेल गणेश थापा, राष्ट्रिय अनुसन्धान कार्यालय धनकुटाका अनुसन्धान अधिकृत रुद्र गुर्वाछान मगर, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी सन्जय सन्तोषी राई, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य सरीता बराइली, सामाजिक अभियान्ता जेपी भुजेल, जिल्ला भलिवल संघ धनकुटाका अध्यक्ष गौरव कार्की, रेडियो धनकुटाका अध्यक्ष गोपाल बराइली लगायतले साहित्यमा खेलाडी र युवा पुस्ताको रुची बढोस् भनेर खेल उत्सव भइरहेको बेला साहित्यीक कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस