धनकुटामा औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सव हुने
धनकुटा । कोशीको गौरव हिमालको शान पर्यटन वर्षमा सबैलाई सम्मान भन्ने नाराका साथ औद्योगिक प्रदर्शनी धनकुटा पर्यटन उत्सव हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको आयोजनामा यहि बैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सव हुने भएको हो ।
यसमा स्थानीय उत्पादनहरु प्रदर्शनीमा राखिने छ । यसलाई पर्यटन बिकासको लागि धनकुटाका सबै पालिकामा पर्यटक पुर्याइने उदयोग बाणिज्य संघ धनकुटाका अध्यक्ष बिजय सन्तोषी राईले बताउनु भयो ।
उत्सवमा ३५ वटा स्टल रहनेछन् । २५ लाख खर्च हुने र १ करोडको कारोबार हुने अनुमान छ । कोशी प्रदेश सरकारले यो वर्ष पर्यटक भ्रमण वर्ष मनाउदैछ । आउदो वर्ष धनकुटामा धनकुटा भ्रमण वर्ष मनाउने तयारी भैरहेको छ ।
सो उत्सवमा सांस्कृतिस झाकीहरुको प्रदर्शनी समेत हुनेछ । महासंघले प्रत्यक वर्ष महोत्सव गर्दै आएको महासंघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले बताउनुभयो ।
मेलामा घरेलु उत्पादन र स्थानीय खानाका परिकार ३५ वटा स्टल रहने छन् । आन्तरिक पर्यटकले अवलोकन गरेर एक करोड बराबरको कारोबार हुने तथा २५ लाख बराबरको खर्च हुने आयोजकको अपेक्षा गरेको छ । उत्सवको लागि कोशी प्रदेश सरकार तथा जिल्लाका सातवटै पालिकाको सहयोग रहने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस