योग विज्ञान शिविर सम्पन्न, गृहमन्त्री रवि लामिछाने सहभागी
काठमाडौं । दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा दिवसीय योग विज्ञान शिविर कार्यक्रम प्रहरी प्रधान कार्यालयमा बुधबार सम्पन्न भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा पतंजली योग समिति नेपालसँगको सहकार्यमा शिविर सम्पन्न गरिएको कार्यालयले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले तन्दुरूस्त शरीर र स्वस्थ मानसिकता एवम् व्यायामले निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन सामूहिक प्रतिवद्धताको आवश्यकता रहेको बताए ।
स्वस्थ शरीर र स्वस्थ मानसिकताले गर्ने निर्णय सबै भन्दा महत्वपूर्ण हुने चर्चा गर्दै गृहमन्त्री लामिछानेले भने, ‘योग, ध्यान र अभ्यासले जसरी स्वस्थ रहन्छौं हाम्रो सोच्ने क्षमतालाई पनि त्यसले प्रभाव पार्छ । हामीले गहन जिम्मेवारी लिएका छौं, हाम्रो एकाग्रता, सोंच, चुस्तता, मानसिक र शरीरिक स्वास्थ्य देश र सामाजको लागि महत्वपूर्ण हुन्छ । स्वस्थ मानिसकताका साथ आगाडि बढ्न सक्यौं भने हाम्रो निर्णयले समाजले सुरक्षित रहेको महसुस गर्दछ ।’

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस