लोकतन्त्रमा आकारले नभई मुद्दाले स्थान लिन्छ सुदन किराँती
नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सदनमा प्रतिपक्षी सानो छ भनेर हेप्न खोजिएको बताउनुभएको छ ।प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै किराँतीले संख्याका हिसावले प्रतिपक्षीलाई हेप्न खोजिएको भन्दै लोकतन्त्रमा आकारले नभई मुद्दाले स्थान लिने बताउनुभयो ।
उहाले बिभिन्न प्रकरणमा मुछिएकाहरुलाई मन्त्री बनाएर पुरस्कृत गरिएको र सुशासनको मुद्दामा प्रधानमन्त्रीले दिनेको भाषण जगतलाई मुर्ख बनाउने काममात्रै भएको तर्क गर्नुभयो ।किराँतीले मौद्रीक नीति रोक्ने काम भएको, विद्युत लाइन जोड्ने बिषयमा अनुचित निर्देशन दिने काम वर्तमान सरकारबाट भएको आरोप लगाउनुभयो ।
उहाले अघिल्लो सरकारले अघि बढाएको छानविन प्रक्रियाले निरन्रता पाउछ वा पाउदैन भन्दै प्रश्न समेत गर्नुभयो ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस