सौर्यको जहाज दुर्घटना भएपछि त्रिभुवन विमानस्थल बन्द

धनकुटा एफ. एम.
१० साउन २०८१, बुधबार

काठमाण्डौ – सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण बन्द गरिएको छ ।काठमाण्डौ आउँदै गरेका जहाजलाई ुडाइभर्टु गरिएको छ । उद्धारको काम सकिएपछि मात्रै उडान र अवतरण शुरु हुने विमानस्थलले जनाएको छ ।

विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उनको टाउकोमा चोट छ ।नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १३ जनाको शव निकालिएको हो ।

आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको छ । अहिले उद्धारको काम भइरहेको छ ।