क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिषा
क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ। आईसीसी विश्वकप लिग(२ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो। केही महिनाअघि टी(२० विश्वकपका लागि सन्दीपलाई भिसा नदिएको अमेरिकाले यसपटक भने दिएको हो। यो खबरसँर्ग उनका फ्यानहरु खुशी भएका छन् । बलात्कार मुद्दामा सन्दीपले उच्च अदालत पाटनबाट सफाइ पाइसकेका छन्। फैसलाको पूर्णपाठ पनि आइसकेको छ।
आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्यानडा उडिसकेको छ। उक्त टोलीमा सन्दीप पनि छन्। क्यानडामा लिग(२ को सिरिज खेलिसकेपछि नेपाली टोली अमेरिका जाने छ। त्यसो त हिजो क्यानडा टुरमा जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेपछि नेपाल क्रिकेट संघ ९क्यान० का सचिव पारस खड्काले सन्दीपलाई भिसाबारे अमेरिकाले ‘ग्रिन सिग्नल’ दिएको बताएका थिए।
नेपाल क्रिकेट संघ९क्यान० ले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरेको हो । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा सोमवार १६ सदस्यीय टोलीको घोषणा समेत गरिसकेको छ । टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी टोलीमा सामेल छन्। विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् ।विदाई कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले सवै खेलाडीले आफ्नो भूमिकालाई बुझ्दै राम्रो क्रिकेट खेल्ने बताएका थिए । उहाले नेपाली टीमका लागि भएको प्रशिक्षण पनि राम्रो भएकाले नजिता पनि राम्रो आउने दावी गरे ।
त्यस्तै नेपाली टोलीका लेगस्पीनर सन्दीप लामिछाने अहिलको सिरिज निकै महत्वपूर्ण भएकाले राम्रो खेल देखाउने बताए । लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले यही सेप्टेम्बर १६ र २२ मा क्यानडासँग तथा सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने यी दुई टोलीसँग नेपालले त्रिकोणात्मक टी(२० सिरिज पनि खेल्ने छ। सिरिजअन्तर्गत क्यानडासँग सेप्टेम्बर २८ र अक्टोबर १ तथा ओमानसँग सेप्टेम्बर २९ र अक्टोबर २ तारिखमा प्रतिस्पर्धा गर्नेछ। त्यसपछि नेपाली टोली लिग २ अन्तर्गतकै अर्को सिरिजका लागि अमेरिका प्रस्थान गर्ने छ। अमेरिकामा घरेलु टोलीसँगै स्स्कटल्यान्डसँग प्रतिस्पर्धा हुनेछ।क्यानले सोमबार लिग २ का लागि टोली घोषणा गरेको छ। देव खनाललाई रिजर्भ खेलाडीका रूपमा राखिएको टोलीमा अरु १५ सदस्य छन्।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस