आईसीसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत यूएईमाथि नामिबियाको जीत

धनकुटा एफ. एम.
१२ असोज २०८१, शुक्रवार

काठमाडौँ । नामिबियाले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईमाथि जित हासिल गरेको छ । बिहीबार सम्पन्न खेलमा नामिबियाले यूएईलाई ८ विकेटले पराजित गरेको हो ।

यूएईले दिएको १९१ रनको लक्ष्य पछाएको नामिबियाले २८.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको यूएई ४३.२ ओभरमा अल आउट हुँदै १९० रन मात्र बनाएको थियो ।

नामिबियाले एकदिवसीय क्रिकेटमा लगातार ६ हारपछि पहिलो जित हासिल गरेको छ । यो जितपछि लिग-२ मा नामिबियाको १२ खेलमा १० अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

त्यसैगरी यूएईको भने लिग-२ मा यो छैटौं हार हो । यूएईको ७ खेलमा २ अंक रहेको छ र लिगको पुछारमा रहेको छ ।