यी एमाले नेतृसँग विबाह गर्दै नायक पल शाह

धनकुटा एफ. एम.
२२ मंसिर २०८१, शुक्रवार

काठमाडौँ । नायक पल शाह विबाह बन्धनमा बाँधिने भएका छन् । पलले यसअघि अझै १ वर्ष विबाह नगर्ने बताएका पलले आउँदो माघ महिनामा विबाह गर्ने तयारी गरिएको बताइएको छ । पल शाहले एमाले निकट बिद्यार्थी नेतृसँग विबाह गर्न लागेको बताइएको छ ।

पल एक प्रकरणमा १ वर्ष कारागारको बसाई बसेर बाहिर आएसँगै पलले पुजार सार्की र रावायण दुई फिल्म खेले । जुन प्रदृशनमा पनि आइसकेका छन् । जसमध्ये पुजार सार्कीले राम्रो व्यापार गरेको छ भने रावायण फ्ल्प नै भयो । पलले रावायणको प्रचार प्रसारको समयमा एक अन्तरवार्तामा आफुले घर बनाएपछि मात्रै विबाह गर्ने बताएका थिए । तर यसबिचमा पलले काठमाडौँमा पनि घर किनिसकेको बताइएको छ ।

बुबा आमालार्य घर किनिदिएर खुशीसाथ राख्ने सपना पूरा गरेसँगै पल माघ महिनामा नै विबाह बन्धनमा बाँधिन लागेको उनी निकट स्रोत बताउँछ । पल अहिले भने म्यूजिक भिडियो र देशभरका महोत्सबमा व्यस्त छन् ।