अर्जेन्टिनामाथि कोलम्बियाको सानदार जित

धनकुटा एफ. एम.
२७ भदौ २०८१, बुधबार

काठमाडौं । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत कोलम्बियाले अर्जेन्टिनालाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २(१ गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा एर्सन मस्क्वेरा र जेम्स रोड्रीगेजले एक एक गोल गरेका थिए । त्यस्तै अर्जेन्टिनाका लागि एक गोल निकोलस गोन्जालेजले गरेका थिए ।

यो जितपछि कोलम्बियाले ८ खेलमा ४ जित र ४ बराबरीसहित १६ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ । त्यसैगरी अर्जेन्टिनाको भने विश्वकप छनौटमा यो दोस्रो हार हो । अर्जेन्टिना यो हारपछि पनि ८ खेलमा १८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।