धनकुटामा चियासँग कविताको ३६ औं श्रृङखला सम्पन्न, धनकुटामा स्थापित सर्जकहरुले सिर्जना बाचन

पवित्रा मगर
२१ कार्तिक २०८२, शुक्रवार

धनकुटा । पछिल्लो समयमा प्रत्ये शुक्रबार हुँदै आएको चियासँग कविताप्रति सबैको चासो र मोह पनि बढ्दै गएको छ । रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविता कार्यक्रममा धनकुटामा रहेका साहित्यप्रेमीहरुको बाक्लो जमघट हुँदै आएको छ ।

नयाँ र पुराना सर्जकहरुले एकै ठाउँमा भेला भएर आफ्ना सिर्जनाहरु प्रस्तुत गर्दै आइरहेका छन् । सोही क्रममा धनकुटामा भएको चियासँग कविताको ३६ औं श्रृङ्खला सम्पन्न भएको छ । सो श्रृंखलामा धनकुटामा स्थापित सर्जकहरुले सिर्जना बाचन गर्नुभएको थियो ।

सो कार्यक्रममा साहित्यकार तथा कवि घनश्याम बराल औलाली, निर्मला कुँवर, गोपाल बराइली, सन्जय सन्तोषी राई, राजन श्रेष्ठ, आनन्द सन्तोषी राई, रेखा क्षेत्री, डिआर फुँयल, सन्तोष सुवेदी लगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो । सो कार्यक्रम सर्जक तिलक प्रसाद राईको सभापतित्वमा सम्पन्न भएको थियो ।

धनकुटामा २०८१ साल फागुन २ गतेदेखि हरेक शुक्रबार चियासँग कविता हुँदै आएको छ । कार्यक्रममा धनकुटामा रहेर विभिन्न विधामा कलम चलाउदै आएका नयाँ र पुराना कवि तथा गजलकारहरुले समेत रचना वाचन गर्ने गरेका कारण धनकुटाको साहित्यी बिकासमा इट्टा थप्ने काम भइरहेको चियासँग कविता कार्यक्रममा संयोजक गोपाल बराइलीले जानकारी दिनुभयो ।