जहाजले ठक्कर दिँदा रारा विमानस्थलमा कर्मचारी घाइते
मुगु – मुगुको रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा त्यही विमानस्थलमा कार्यरत एक जना कर्मचारी घाइते भएका छन् ।
यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनअटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा त्यही जहाजका मुगु स्टेशन प्रमुख धीरेन्द्र भाम घाइते हुनुभएको हो ।
जहाजका चालकलाई विमान उडान सङ्केत गरिरहेका बेला चालकले बोलाएपछि जहाजतर्फ जाँदै गर्दा जहाजको अघिल्लो भागले भागलाई ठक्कर दिएको मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घाइते कर्मचारी भामलाई सीता एअरकै जहाजमार्फत उपचारका लागि काठमाण्डाै रिफर गरिएकाे छ । यसअघि उहाँलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस