कैलाश सिरोहियालाई पक्राउ गर्ने तरिका गलत – नेपाल

धनकुटा एफ. एम.
१२ जेठ २०८१, शुक्रवार

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कैलाश सिरोहियालाई पक्राउ गर्ने तरिका गलत भएको बताउनुभएको छ ।
ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले कुनै बिषयमा बुझ्न खोजे बोलाएर छलफल गर्न सकिने भएपनि सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गर्ने तरिका गलत भएको बताउनुभएको हो ।

अनुचित गरेको छ भने उचित ढंगले सजाय गर्न सकिने भएपनि गम्भीर अपराधी जस्तो पहिले नै गिरफ्तार गर्ने कामलाई परिवर्तन गर्नुपर्ने उहाले बताउनुभयो । अध्यक्ष नेपालले बिषय एउटा र तर्साउन खोजेको अर्को भन्ने कुराहरु उठिरहेको भन्दै तर्साएर शासन गर्ने सोचिएको भए गलत भएको धारणा राख्नुभयो ।
त्यस्तै उहाले अहिले देखिएको राजनीतिक गतिरोध वार्ता र छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो