सरकार गठनका बिषयमा सदनमा जात्रा देखिएको छ – सांसद ज्ञानेन्द्र शाही
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकार गठनका बिषयमा सदनमा जात्रा देखिएको बताउनुभएको छ ।आइतबार प्रतिनिधिसभा बैठकमा शाहीले कांग्रेस–एमालेबीचको सहमतिका बारेमा सदनमा जात्रा देखिएको बताउनुभएको हो । सरकारमा हुदा केहि नगर्ने, नयाँ समिकरण बन्ने बितिकै ठूलै काम गर्ने कुरा तथा एक आपसमा गालीलगौजको श्रृंखला सदनमा देखिएको उहाले बताउनुभयो ।
शाहीले अहिलेको संविधानका कारण मुलुकमा पटक पटक सरकार परिवर्तन हुने अवस्था आएको भन्दै यसलाई संशोधन गर्नुपर्ने बताउनुभयो । देशका हितमा नरहेका संविधानका बुँदाहरु परिवर्तन गर्न दलहरुलाई कसैले नरोकेको उहाले बताउनुभयो ।
उहाले नयाँ दलहरुलाई पुराना दलहरुको बिकल्पमा रुपमा जनताले मत दिएको भन्दै नयाँ दलहरु पद र प्रतिष्ठामा रमाउन थालेको जिकिर गर्नुभयो । शाहीले जिवि राईलाई पक्राउ गरेर नेपाल ल्याए गृहमन्त्री रवि लामिछानेलाई फुलमाला लगाइदिने बताउनुभयो । त्यस्तै फाइल खोल्ने डरले सरकार परिवर्तन गर्न लागेको गृहमन्त्रीको अभिव्यक्ति प्रति आपत्ति जनाउदै उहाले बाँकी रहेको सात दिनभित्र फाइल खोल्न र दोषीलाई पक्राउ गर्न चूनौति दिनुभयो ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस