बाढीले बगाएर तीन जनाको मृत्यु

धनकुटा एफ. एम.
२ साउन २०८१, मंगलबार

रूकुम पश्‍चिम, १ साउन -अविरल वर्षाको कारण आठबिसकोट नगरपालिका-१२ झिनचौरस्थित गिजाखोलामा आएको बाढीले बगाएर गएराति ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने रूद्र पुनकी छोरीहरू १० वर्षीया हितमाया पुन, ८ वर्षीया धनिसा पुन र सोही नगरपालिका-१० घर भई मामाघर आएकी ४ वर्षीया मनिसा सार्की रहेका छन् ।

बाढीले २ वटा घर र १ वटा टहरा बगाई ३ जनाको मृत्यु भएको, ७ जना घाइते र १ जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको प्रहरीले ७ जना घाइतेहरुलाई उद्दार गरी उपचारको लागि नगर अस्पताल आठबिसकोट पठाई उपचार भइरहेको छ ।बाढी आएको स्थानमा तत्काल खटिएको प्रहरीले बेपत्ताको खोजी कार्य गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।