कुवामा डुबेर नुहाउन गएका दुई दिदी बहिनीको मृत्यु

धनकुटा एफ. एम.
३ साउन २०८१, बुधबार

स्याङ्जा। स्याङ्जामा पानीको कुवामा डुबेर दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा १४ वर्षीया लक्ष्मी थापा र १२ वर्षीया सुस्मिता थापा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पुतलीबजार नगरपालिका–४ रामकोष स्वाँरास्थित पानीको कुवामा डुबेर स्थानीय नरेन्द्रबहादुर थापाका दुई छोरीको मृत्यु भएको हो ।

लक्ष्मी कक्षा ९ मा र बहिनी सुस्मिता कक्षा ५ मा पढ्दै आएकी थिइन् । घरदेखि करिब पाँच सय मिटर टाढा रहेको कुवामा नुहाउन र कपडा धुनका गएका बेला डुबेर मृत्यु भएको जनाइएको छ ।