छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं, ३ साउन -सुनसरी,धरान नगरपालिका-१३ स्थित सडकमा प्रदेश १-०२-००२ ख ०१६० नम्बरको ट्रकमा प्रदेश१-०२-०४८प ४९२४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका-२० बस्ने २० वर्षीय समर्पण राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिजयपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरी,हरिनगरा गाउँपालिका-२ स्थित सडकमा भुटाहाबाट हरिनगरातर्फ जाँदै गरेको बीआर ३८ एक्स ८२४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-१ बस्ने ५० वर्षीया दुखनी देवी दासको बुधबार बेलुकी मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएकोहो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरी,कोशी गाउँपालिका-२ साह टोलस्थित सडकमा मधुवनबाट लौकहीतर्फ जाँदै गरेको प्रदेश.१-०२-००४ ह१४०६ नम्बरको सिटिसफारीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया मालती देवी साहको बुधबार बेलुकी मृत्यु भएको छ ।
ठक्कबाट गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही,तिलोत्तमा नगरपालका-१५ कोटिहवास्थित सडकमा भैरहवाबाट बुटबलतर्फ जाँदै गरेको लु.३२ प९२९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक बुटवल उपमहानगरपालिका-१३ नयाँगाउँ बस्ने ४० वर्षीय प्रेम थापा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस