प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग सासंदकाे सवाल जवाफ

धनकुटा एफ. एम.
८ साउन २०८१, सोमबार

काठमाडाैं- आज प्रतिनिधि सभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सासंदहरुले सवाल जवाफ गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री ओलीले आइतबार दुईतिहाईको बहुमतिसहित विश्वासको मत पाएका छन् ।

प्रतिनिधिसभा नियमावलीमा हरेक महिना सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तरको प्रावधान राखिएको छ ।आइतबार ओलीले संसदमा १८८ जना सांसदको विश्वासको मत पाएका थिए । यस्तै विपक्षमा माओवादी, रास्वपा, राप्रपा र नेकपा एसका ७७ सांसदले मतदान गरेका थिए ।