समाजको गति र परिवर्तनलाई कसैले पछाडि फर्काउन सक्दैन – प्रधानमन्त्री ओली

धनकुटा एफ. एम.
२७ भदौ २०८१, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजको गति र परिवर्तनलाई कसैले पछाडि फर्काउन नसक्ने बताउनुभएको छ । संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङको प्रथम स्मृति सभालाई बुधबार एमाले मुख्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले प्रतिगामी तत्व, असामाजिक तत्व र जनविरोधी तत्वहरु समाजमा हावी हुन सक्नेभएपनि समाजको गति र परिवर्तनलाई कसैले पछाडि फर्काउन नसक्ने बताउनुभएको हो ।

अवान्छित क्रियाकलापबाट समाजमा हावी भएकाहरुलाई समाजले नै हटाइदिने उहाको भनाइ छ । एमाले अध्यक्ष समेत रहनुभएका ओलीले संविधान निर्माण र जारी गर्न नेम्वाङको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्नुभयो ।

नेम्वाङ आफैले वैचारिक नेतृत्व गरको स्मरण गर्दै उहाले इतिहासले सम्झिरहने पात्र रहेको जिकिर गर्नुभयो । ओलीले सुभाषचन्द्र नेम्वाङलाई सदैव स्मरण गर्नका लागि केन्द्रीय प्रतिष्ठान बनाउने घोषणा समेत गर्नुभयो । पार्टीले बनाएका प्रतिष्ठानलाई सक्रिय बनाउनुपर्ने भन्दै ओलीले प्रतिष्ठानलाई कव्जा गर्ने काम सहि नभएको जिकिर गनुभयो ।

उहाले पुष्पलाल प्रतिष्ठानलाई माधव नेपालले बोकेर हिडेको समेत आरोप लगाउनुभयो । स्मृति सभामा पार्टी नेता तथा कार्यकताहरुले नेम्वाङको तस्वीरमा माल्र्यापण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।