पलेसालाई कांग्रेस बागमती प्रदेश कार्यसमितिले गर्यो सम्मान
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितीले पेरिस पारालिम्पिकमा नेपालका लागि ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।
सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच कांग्रेस बागमती प्रदेश कार्यसमितीका सभापति ईन्द्रबहादुर बानियाले पलेशालाई सम्मानपत्र सहित सम्मान गर्नुभएको हो ।
सम्मान कार्यक्रममा पलेशाले आफुले निकै मेहनत गरेका कारण पदक हासिल गर्न सफल भएको भन्दै आगामी दिनमा थप मेहनतका साथ अघि बढाउने बताउनुभयो ।
खेलको तयारीका लागि प्रयाप्त पूर्वाधार नहुदा पनि उच्च मनोवलका साथ खेल प्रदर्शन गरेको उहाले बताउनुभयो ।
सन् २०२४ अगष्ट २८ देखि सेप्टेम्बर ८ सम्म मित्रराष्ट्र फ्रान्सको पेरिसमा आयोजित पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य जित्नुभएको थियो ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस