७ वर्षकी छोरी छाडेर यी आमा एक सातादेखि बेपत्ता
लमजुङमा एक २८ वर्षीया आमा ७ वर्षकी छोरी छाडेर एक सातादेखि सम्पर्क विहिन भएकी छन् ।लमजुङको मरस्र्याङदी गाउँपालिका– ६ को ठूलीबेसी गाउँमा घर भएकी जयन्ती थापा अधिकारी भदौ ९ गते आइतबारदेखि वेपत्ता भएकी हुन् । तर उनी भदौ १० गते सोमबारको अपह्रान्न ३ बजेसम्म लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा रहेको र त्यहाँबाट बेसीशहर नगरपालिका– २ स्थित भकुन्डे गाउँमा साथी भेट्न जान्छु भनी हिडेकी थिइन् ।
यसपछि उनी सम्पर्कबिहिन भएकी छन् । उनको घरमा बसेर पढ्ने भाञ्जी आस्था अधिकारीले माइजुले ‘बैनीलाई राम्रोसँग हेर्नु अब म आउँदिन’ भनेर घरबाट निस्केको बताएकी छन् । जयन्तीका श्रीमान् लेखमान अधिकारी मलेसियामा रहेको बताइएको छ । उनले घरमा अन्य कोही नभएको हुँदा श्रीमतीको साथीका लागि भाञ्जीलाई साथमा राखेर पढाउने समेत व्यवस्था गरेका थिए ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस