पाँच केजी सुनसहित टीआईएबाट तीन विदेशी नागरिक पक्राउ

धनकुटा एफ. एम.
२२ कार्तिक २०८१, बुधबार

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) बाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन् ।

एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यान्मारका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

अभियुक्तहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।