करेन्ट लागेर थारूको मृत्यु

धनकुटा एफ. एम.
२८ असार २०८१, बुधबार

बर्दिया, २६ असार- बारबर्दिया नगरपालिका-९ कतर्निया बस्ने ५० वर्षीय गोपाल थारूको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका-११ लम्कीफाटा बस्ने भुपेन्द्र राना भाटको घरमा मिटर वक्स जडान गर्ने क्रममा बिजुलीको पोलमा चढेको अवस्थामा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नगर अस्पताल जयनगर बर्दियामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।